Prakash Adhikari May 3, 2021

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि कोरोना भएको छ ।

यसको जानकारी शर्मा आफैले ट्वीटरमार्फत दिनुभएको हो ।

कांग्रेस प्रवक्ता शर्माले स्टार अस्पतालमा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको र टेकु अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाको निर्देशन अनुरुप औषधी लिएर घरमै आइसोलेसनमा बसेको जानकारी दिनुभएको छ ।

उहाँले बताउनुभए अनुसार उहाँको अवस्था सामान्य छ ।

 

Share Now

Leave a comment.