Prakash Adhikari May 3, 2021

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह ३स्३० बजे देशवासीका नाममा संबोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारी अनुसार देशको समसामयिक राजनीति, विश्वासको मत र कोभिड १९ को सन्दर्भमा उहाँले सम्बोधन गर्नुहुने छ ।

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएको छ ।

 

Share Now

Leave a comment.