काठमाडौं, २८ माघ । व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत नेपाल टेलिकमका महाप्रबन्धक कामिनी र एफवान सफ्टवेयरका विश्वास ढकाल सम्मानित भएका छन् ।
नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभाका अवसरमा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले ‘आउटस्टान्डिङ मेनेजर अफ द एयर २०१७’ बाट राजभण्डारीलाई सम्मान गरे ।
त्यसैगरी उपप्रधानमन्त्री गच्छदारले ‘एफवान सफ्टवयर इन्टरनेशनल’का अध्यक्ष विश्वास ढकाललाई ‘म्यानेजर अफ द एयर २०१७’बाट सम्मान गरेका थिए ।
उनले ले व्यवस्थापन क्षेत्रमा योगदान पु¥याउन सफल भएकोमा बधाई दिंदै आउदा दिनमा अझ राम्रो काम गर्न शुभकामना दिएका थिए।
उपप्रधानमन्त्री गच्छदारले मुलुकको राजनीतिक पद्धतिमा पनि सुव्यवस्थापनको आवश्यकत भएको उल्लेख गर्दै दक्ष व्यवस्थापन सबै क्षेत्रमा आवश्यक भएको बताए । राजनीति असफल भएमा देश समृद्धिको बाटोमा अपेक्षितरुपले अघि बढ्न नसक्ने बताए ।
कार्यक्रममा आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्टले सम्मानित राजभण्डारी र ढकाललाई बधाई ज्ञापन गर्दै मुलुकको समृद्धिमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।