बेलफास्ट (उत्तरी आयरल्याण्ड), २८ माघ । एनआरएन अगुवा लिलाराम न्यूरेका अध्यक्षतामा उत्तरी आयरल्याण्डमा गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् गठन भएको छ ।
सर्वसम्मतिले चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण कुँवर, सचिवमा अब्जन आचार्य, सहसचिवमा हुकुम केसी, कोषाध्यक्षमा गोमा खड्का र सहकोषाध्यक्षमा सुमित्रा कँडेल रहेका छन् ।सदस्यहरुमा लक्ष्मण चिमौरिया, भूमिश्वर सापकोटा, सविन पाण्डे, लक्ष्मण निउरे, बलराम कँडेल, तेज रेग्मी र निर्जल अधिकारी चयन भएका छन् ।
एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यतामा बेलफास्टमा आइतबार भएको भेलाले एनआरएनए काउसिन्ल गठन गरेको हो ।
कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर सुनार र ललित न्यौपाने, महासचिव राजकुमार त्रिपाठी, पूर्वआईसीसी सदस्य थर्क सेन, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सल्लाहकार नरेन्द्र कँडेल, सदस्यहरु शिव कँडेल, दयानिधि सापकोटा, खेम पौडेल, प्रभू न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएन डेनमार्क र स्वीडेनका पदाधिकारी पनि सहभागी भएका थिए ।
लिलाराम निउरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयरल्यान्ड नेपाली समाजका संस्थापक अध्यक्ष नारायण कुँवरले स्वागत गरेका थिए । कार्यक्रममा जागृति महिला समूहकी जुना निउरे, शुभराज न्यौपाने, विकास चुँडाल, गंगा राना तथा आईसीसी सदस्य थर्क सेन, एनआरएन यूकेका उपाध्यक्ष शेर सुनार, सदस्य दयानिधि सापकोटाले सम्बोधन गरेका थिए । कर्यक्रम आयुष्मा कँडेलले सञ्चालन गरेकी थिइन ।
एनआरएन यूकेका सल्लाहकार नारायण कँडेलले एनआरए यूकेले १४ वर्षमा एेतिहासिक काम गरेको बताए ।