काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुलाई आजै शपथ गराइएको हो ।
आजै बसेको मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गर्नुभएको हो ।
त्यस पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी
पन्तलाई पदमुक्त गर्नुभएको थियो ।
गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेश प्रमुखमा नियुक्त सीता पाैडेल (चितवन) र गंगाप्रसाद यादव(सप्तरी) लाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना । pic.twitter.com/AUaI1Y7SRD
— Surya Thapa (@ThapajiSurya) May 3, 2021
नयाँ प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त


















