काठमाडौं, २० बैशाख । विगत २४ घण्टामा नेपालमा हालसम्मकै सबैभन्दा बढी दैनिक मृत्यु र संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह जारी गरेको तथ्यांक विवरणमा विगत २४ घण्टामा ५५ जनाको मृत्यु भएको थप ७ हजार ६ सय सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार ती मध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
त्यसमध्ये काठमाडौंमा २ हजार ७ सय ७९ जना, ललितपुरमा ६ सय १ र भक्तपुरमा ५ सय १३ जना संक्रमित भएका थिए ।
मंगलबार पुष्टि भएका सङ्क्रमितहरू १६ हजार ७ सय ५८ नमूना परीक्षणबाट भेटिएका हुन् । विगत २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १ सय ३१ र ६ सय २७ एन्टिजन विधिबाट स्वाब परीक्षणमा ती संक्रमण भेतिएको थियो ।
यो सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक सङ्ख्या हो।
सोही अवधिमा थप १ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले काठमाडौं,ललितपुर,भक्तपुर, काभ्रेपलाञ्चोक,झापा,मोरड.,सुनसरी,धनुषा,पर्सा मकवानपुर,चितवन,कास्की, पाल्पा रुपन्देही, कपिलबस्तु, दाड., सुर्खेत, बाँके,बर्दिया,कैलालीमा ५ सयभन्दा बढी संक्रमित रहेका छन भने बारा, रौतहट महोत्तरी,सिन्धुपाल्चोक,धादिड.,नुवाकोट,गोर्खा,नवलपरासी पूर्व,नवलपरासी पश्चिम, अर्घाखाँची,गुल्मी,कञ्चनपुर,बैतडी,डडेल्धुरामा २सय भन्दा बढी संक्रमित रहेका छन् ।