Prakash Adhikari May 5, 2021

 

काठमाडौं, २२ बैशाख । नेपाल, नेदरल्याण्ड र मलेसियाबीच यही बैशाख महिनामा घरेलु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी २० श्रृखलामा तहल्का मच्चाएका नेपाली टिमका ओपनिड. ब्याटसम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी )को अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा परेका छन्।

महिनाका क्रिकेट खेलाडीको मनोनयनमा नेपाली खेलाडी कुशलसंगै पाकिस्तानका क्रिकेटर बाबर आजम र फखर जमान पनि परेका छन्।

नेपाली क्रिकेटको राष्ट्रिय टिमबाट पहिलो अन्तराष्ट्रिय खेल खेल्ने क्रममा २४ वर्षीय कुशलले ५ खेलमा २ सय ७८ रन बनाएका थिए। टी २० को अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यु खेलमा नै लगातार ३ खेलमा अर्धशतक बनाउदै विश्किर्तिमान बनाएका कुशले अर्का ओपनर आसिफ शेखसंग लगातार २ खेलमा शतकीय साझेदारीको अर्को विश्वकिर्तिमान पनि बनाएका थिए।

सो प्रतियोगितामा उत्कृष्ट खेलाडी चुनिएका कुशल आईसीसीको प्लेयर अफ द मन्थमा मनोनयन हुनु नेपालीको गौरवको विषय हो ।

कुशल संगै मनोनयनमा परेका पाकिस्तनी खेलाडी बाबर आजमले दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजमा १ सय ३ र ९४ रन बनाएका थिए भने दुई वटा प्लेयर अफ द म्याच अवार्ड जितेका थिए। उनले सिरिजमा १०४ को स्ट्राइक रेटमा २ सय२८ रन बनाएका थिए। सो प्रदर्शनपछि उनले भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीलाई पछि नम्बर १ ओडीआई ब्याट्सम्यानको स्थान हासिल गर्न सफल भए। बाबरले अप्रिलमा ७ वटा टि २० खेल्ने क्रममा कुल ३ सय ५ रन पनि बनाएका थिए । त्यस क्रममा उनले दुई वटा अर्धशतक र एक शतक बनाएका थिए।

त्यस्तै पाकिस्तानकै अर्का खेलाडी फखर जमानले दक्षिण अफ्रिकाबिरुद्ध एकदिवसीय सिरिजमा १००.६६ को औसतले ३ सय२ रन बनाएका थिए। उनले सिरिजमा दुई पटक शतक समेत बनाएका थिए । उनले दोश्रो एकदिवसीय खेलम १ सय ९३ रन बनाए ।उनी एक दिवसीय खेलमा उत्कृष्टको सातौ स्थानमा छन्।

नेपाली खेलाडी कुशल भूर्तेललाई भोटिड. गर्न आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ । आईसीसीको वेभसाईटको लिंक यसप्रकार छ :

https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month?sf143232838=1#

Share Now

Leave a comment.