काठमाडौं, २९ माघ । क वर्गको वाणिज्य बैक सिभिल बैंक लिमिटेडमा ट्र्ेनी एसिस्टेण्टदेखि ब्राञ्च म्यानेजरसम्म गरी १ सय २६ जना योग्य कर्मचारी आवश्यकता परेको छ ।
बैंकले २५ जना बैंक म्यानेजर, २० जना रिलेसनसीप म्यानेजर, १५ जना अपरेशन इन्चार्ज, ८ जना एसिस्टेण्ट रिलेसनसीप म्यानेजर, १० जना अपरेसनल एसिष्टेण्ट , ८ जना ट्र्ेनी र ४० जना ट््रेनी एसिष्टेण्ट मागेको हो ।
बैंकले निकट भविष्यमा खोल्ने आरुघाट,बाह्रविसे,भैरहवा,विजुवार,विराटनगर,विर्तामोड,बौद्ध, बुटबल, धनगढी,धुलिखेल, कावासोती, लेखनाथ,मेलम्ची, पोखरा,रुकुम,सल्यान,अत्तरिया,बेशिसहर,भैरवी(दैलेख),दमक,धार्चे(गोर्खा),गौडा(लमजुड.),जानकी(कैलाली), माइजोगमाई (इलाम),माण्डवी(प्यूठान),पोखरा मैनापुर(पर्सा),सोनावषीर्((मोरड.),थर्पुु(पाँचथर) र गोपीटार(पाचथर) मा खोल्ने शाखाहरुमा थप योग्य कर्मचारी चाहिएको हो ।
इच्छुक आवेदकहरुले १८ फेब्रुअरी अर्थात फागुन ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
हेर्नुहोस पूरा विज्ञापन