काठमाडौं, २३ बैशाख । नेपालमा विगत २४ घण्टामा थप ९ हजार १ सय ९६ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड १९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट कुल ३ हजार ५ सय ७९ जनाको मृत्यु भइसकेको छ।
विगत २४ घण्टाको अवधिमा २ हजार ९ सय ५ जना सङ्क्रमणमुक्त भएका छन्।
काठमाडौं. उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।
सरकारको तथ्याङ्कअनुसार शुक्रवार अपराह्णसम्म देशभरि ७८ हजार ६ सय २९ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५ हजार ८ सय ६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।
अस्पतालमा रहेकामध्ये ७ सय २८ जना आईसीयूमा र २ सय ३१ जना भेन्टिलेटरमा उपचाररत छन्।
अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
कुल २० हजार ४ सय ८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार शुक्रवार काठमाडौं जिल्लामा ३ हजार ८९ जना, ललितपुर जिल्लामा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जनामा कोभिड पुष्टि भएको हो।
त्यसैगरी झापामा २ सय १६, मोरङमा २ सय ७३, चितवनमा ३ सय ४३, कास्कीमा ३ सय ९३, दाङमा ३ सय ६६, बाँकेमा २ सय २२ र रूपन्देहीमा ७ सय ३० जनामा पनि सङ्क्रमण पुष्टि भयो।
सरकारले सोमवार ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७ हजार ६ सय ६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण र ५७ जनाको मृत्यु एवं बिहीबार ९ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
२२ जिल्लामा ५ सय भन्दाबढी
हाल २२ जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन्।
थप २१ जिल्लामा २सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।
शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये २ सय ४ जना १० वर्षभन्दा मुनिका, ६ सय जना १० देखि १९ वर्षका र ४ हजार ४ स १ जना २० देखि ३९ वर्षका छन्।
त्यस्तै ४० देखि ४९ वर्षका १ हजार ५ सय७३, ५० देखि ५९ वर्षका १ हजार १ सय ९९ र ७० वर्षभन्दा माथिका ३ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित
मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीन जिल्लामा कुल ३४ हजार ६ सय जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
काठमाण्डूः २५,९४०
भक्तपुरः ३,२५२
ललितपुरः ५,४२९
उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४४ प्रतिशत हो।
राजधानी उपत्यकामा अहिलेसम्म १ हजार २ सय१४ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।
काठमाडौं ८१४
भक्तपुरः १६८
ललितपुरः २३२
यो देशभरि कोभिड(१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।(बीबीसीबाट)


















