Prakash Adhikari May 8, 2021

काठमाडौं, २५ बैशाख (बीबीसीबाट) । नेपालमा गत २४ घण्टामा थप थप ८ हजार४ सय १८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने यही समयावधिमा ५३ जनाले कोरोनाको कारण जीवन गुमाएका छन्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेका कोरोना भाइरससम्बन्धी दैनिक बुलेटिनको विवरणमा सो तथ्यांक उल्लेख गरिएको छ।

विशेषज्ञहरुे हालैका दिनहरूमा सङ्क्रमण घटेको यो पहिलो पटक भएको बताएका छन्। शुक्रवार ९ हजार १ सय ९६ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड १९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ।

यो अवधिमा ३ हजार ३ सय ७० जना सङ्क्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

सरकारको तथ्याङ्कअनुसार शनिवार अपराह्णसम्म देशभरि ८३ हजार ४ सय ९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५ हजार ४ सय ७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

अस्पतालमा रहेकामध्ये ७ सय ५८ जना आईसीयूमा र २ सय ३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

कुल १८ हजार ३ सय ४ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

कोभिड

मन्त्रालयका अनुसार शनिवार काठमाडौं जिल्लामा २ हजार २ सय ७० जना, ललितपुर जिल्लामा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ जनामा कोभिड पुष्टि भएको हो।

त्यसैगरी झापामा २ सय ७६, मोरङमा २ सय ५४, कास्कीमा २ सय ८५, दाङमा ३ सय ६६, बाँकेमा ५ सय ५५, रूपन्देहीमा ८ सय ६१ र सुर्खेतमा ५ सय ९७ जनामा पनि सङ्क्रमण पुष्टि भयो।

२७ सांसद सङ्क्रमित

गत बुधवार र बिहीवार सांसदहरूसहित १ हजार २ सय ३५ जनाको संसद् भवन नयाँ बानेश्वरमा गरिएको परीक्षणमा १ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार २ सय ५ जना सांसदको परीक्षण गरिएकोमा प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एक जना गरी १९ जना सांसदमा सङ्क्रमण पुष्टि भएको हो।

दुई मन्त्रीसहित आठ सांसद यसअघि नै सङ्क्रमण पुष्टि भई आइसोलेशनमा रहेका छन्।

बाँकी १ हजार ३० जना सङ्घीय संसद् सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र संसद् भवनका कर्मचारीको परीक्षण गरिएको थियो।

२२ जिल्लामा ५ सय भन्दा बढी

हाल २२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक(एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन्।

थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये १ सय ९५ जना १० वर्षभन्दा मुनिका, ५ सय ६१ जना १० देखि १९ वर्षका र ३ हजार९ सय४५ जना २० देखि ३९ वर्षका छन्।

त्यस्तै ४० देखि ४९ वर्षका १ हजार ५ सय ४०, ५० देखि ५९ वर्षका १ हजार १ सय १८ र ७० वर्षभन्दा माथिका ३ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

कोभिड
काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३५ हजार ६ सय ७८ जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

काठमाडौं : २६,४२६
भक्तपुरः ३,५४०
ललितपुरः ५,७१२

उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४२.७ प्रतिशत हो।

राजधानी उपत्यकामा अहिलेसम्म १ हजार २ सय २३ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।

काठमाडौं : ८२०
भक्तपुरः १७२
ललितपुरः २३१
यो देशभरि कोभिड १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।

Share Now

Leave a comment.