Prakash Adhikari May 8, 2021

काठमाडौं २५ बैशाख । नेपाल सुपर लिगको दोस्रो चरण मानिएको क्वालिफायरमा पुग्ने टोलीको टुंगो लागेको छ ।

शनिवार बुटबल र धनगढीबीच भएको खेलको नतिजा संगै यसको टुंगो लागेको हो । यद्यपि लिग चरणको अन्तिम खेल काठमाडौं र चितवनबीच आइतबार हुँदै छ । तर यो खेलको जित र हारले क्वालिफायर प्रवेशलाई असर गर्ने देखिदैन ।

काठमाडौं हालसम्म १० अंकसहित शीर्षमा रहेको छ भने चितवन २ अंकसहित पुछारमा । काठमाडौंले जिते पनि उसको अंक बढ्ने हो, ऊ अहिल्यै क्वालिफायर पुग्ने अवस्थामा छ, चितवनले जित्यो भने पनि उसको अंक ५ हुनेछ ,ऊ पुछारमा नै रहने छ ।

शनिवारको निर्णायक खेलमा धनगढीलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसी प्लेअफमा पुगेको छ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै बुटवल शीर्ष चारमा रहेर प्लेअफमा पुगेको हो।

बुटवलको जितमा सुमन लामाले निर्णायक गोल गर्नुभयो। खेलको ८० मिनेटमा विलियमले दिएको सटिक पासमा लामाले सिक्स यार्डबक्सबाट गोलमा परिणत गर्नुभएको थियो।

अंक तालिकाको चौथो स्थानमा रहेको बुटवलले लिग चरणको सबै खेल खेल्दा ८ अंक जोड्यो। ८ अंक नै जोडेको पोखरा थन्डर्स भने बाहिरियो। बुटवल हेड टु हेडमा अघि रहदै चौथो स्थानमा रहेको हो।

यसअघि नै धनगढी एफसी १० अंक जोडेर प्लेअफमा पुगेको थियो। दोस्रो स्थानको काठमाडौं रेजर्स पनि १० अंक जोडेर प्लेअफमा पुगिसकेको छ। धनगढी र काठमाडौं शीर्ष दुई भित्र पर्ने पक्का भइसकेको छ।

त्यस्तै ललितपुर सिटी एफसीले पनि ९ अंक जोडेर तेस्रो स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाउन सफल भएको छ । ललितपुरले शनिबार विराटनगर सिटी एफसीलाई ४ -० गोलले पराजित गरेको थियो।

पोखरासँगै विराटनगर र एफसी चितवन भने बाहिरिएका छन्।

अब धनगढी र काठमाडौंबीच पहिलो क्वालिफायर हुनेछ। बिजयी टिम फाइनलमा पुग्नेछ। पराजित हुने टिमले दोस्रो क्वालिफायरको बिजेतासंग प्रतिस्पर्धा गर्ने छ ।

दोस्रो क्वालिफायरमा ललितपुर र बुटवलबीच खेल हुनेछ। जित हात पार्ने टिम एलिमिनेटरमा पुग्नेछ भने हार्ने टिम बाहिरिनेछ।

एलिमिनेटरमा पहिलो क्वालिफायरको हार्ने टिम र दोस्रो क्वालिफायरको विजेता टिमबीच प्रतिस्पर्धा हुनेछ। जित्ने टिमले पहिलो क्वालिफायरमा जित्ने टिमसंग फाइनलमा प्रतिस्पर्धा गर्न पाउने छ ।

Share Now

Leave a comment.