Prakash Adhikari May 9, 2021

काठमाडौं २६ बैशाख । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सत्ता धर्मराउन थालेपछि उहाँसंगै टाँसिएर सत्तामा रजगज गर्न उत्सुक जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पनि वैकल्पिक प्रधानमन्त्रीको रुपमा चर्चामा आउनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धाउन थाल्नुभएको छ ।

यसै क्रममा आइतबार बिहान जनता समाजवादी पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस सभापति देउवाको निवासमा लामो भेटवार्ता गर्नुभएको छ । वार्ता झण्डै दुई घन्टा चलेको थियो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीलाई हटाएर कांग्रस, माओवादी, जसपा र एमालेका असन्तुष्ट पक्षको नयाँ गठबन्धन बनाउने पक्षमा हुनुहुन्थ्यो ।

पार्टीभित्रकै असन्तुष्ट पक्षले पनि राजिनामा दिने र सहयोगको लागि भर परेको जनता समाजवादी पार्टीका दुवै खेमाले साथ छोड्ने देखिएपछि प्रधानमन्त्री के.पी.शर्मा ओलीको सत्ता अविश्वासको प्रस्ताव फेल भएसंगै ढल्ने भएको छ ।

Share Now

Leave a comment.