Prakash Adhikari February 12, 2018

विण्डहोक(नामिविया), २९ माघ । नामिबियामा भैरहेको विश्व कप लिग डिभिजन २ अन्तरगतको चौथो खेलमा नेपालले केन्यालाई तीन विकेटले जितेको छ ।

केन्याले दिएको १७८ रनको लक्ष्यलाई नेपालले ७ विकेटको क्षतिमा प्राप्त गरेको थियो ।

 

आजको खेल नेपालले केन्याको आठौं विकेट गिराउने सफलता पायो । खेलमा सन्दीप लामिछाने एक्लैले केन्याका ५ खेलाडी आउट गरेका छन्।

सन्दीपले केन्याका एनएन ओधिम्बालाई पबेलियन फर्काउदै व्यतिगत ५ र समग्रमा आठौं विकेट लिएका हुन्।

यसअघि सन्दीपले आर एन पटेललाई शून्य रनमा आउट गरेका छन् भने नेपालका लागि चौथो विकेट लिने क्रममा सन्दीपले आरआर पटेललाई १ रनमा पवेलियन फर्काए।

सन्दीपले ३३ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन्। वसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिएका थिए। उनले आइए करिमलाई ४२ रनमा आउट गरेका हुन्। नेपालका लागि पहिलो र दोस्रो विकेट सन्दीप लामिछानले लिएका थिए।

उनले डीएम गोन्डारियलाई ४ रनमा आउट गरेका छन्। उनले १८ ओभरको चौथो बलमा गोन्डारियालाई आउट गरेका हुन्।

नेपालका लागि पहिलो विकेट पनि सन्दीपले नै दिलाएका थिए। पहिलो विकेट लिने क्रममा लामिछानेले केन्याका एए ओवान्डालाई ४१ रनमा आउट गरे। सन्दीपले १७ ओभरको अन्तिम बलमा ओवान्डालाई बोल्ड गरेका हुन्।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। नेपालका बलरहरुमाथि केन्याका ब्याट्सम्यान हावी भएका बेला सन्दीपले लगातार २ विकेट लिएका थिए।

यसबाहेक नेपाली बलर वसन्त रेग्मीले १ विकेट लिए। नेपाली बलर शरद भेषावकरले केन्याको सातौं विकेट लिएका थिए। शरदले केन्याका गुरुदिप सिंहलाई आउट गरेका हुन्। गुरुदिप ३ बलमा २ रन बनाएर आउट भएका हुन्।

त्यसअघि सोमपाल कामीले केन्याका को ‌‌ओवियालाई पवेलियन पठाएका हुन्। ओवियाले केन्याका लागि ६१ बलमा २७ रन बनाएका थिए।

Share Now

Leave a comment.