Prakash Adhikari May 18, 2021

 

मुम्बई(भारत),४ जेठ (रासस/सिन्ह्वा)। भारतीय शहर मुम्बइमा चक्रवातमा परी १ सय २७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ ।

मुम्बइको समुद्रमा आएको टाउकेटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो ।

त्यसमा परी कम्तीमा पनि १ सय २७ जना व्यक्ति हराएका बताइएको छ ।

सो डुंगामा २ सय ७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १ सय ४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ ।

सो डुंगामा रहेका अरु १ सय २७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।

मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ ।

भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

Share Now

Leave a comment.