Prakash Adhikari February 13, 2018

जनकपुरधाम,१ फागुन । प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । भोलि प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।

भोलिको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले जनाएको छ ।

Share Now

Leave a comment.