Prakash Adhikari February 13, 2018

काठमाडौ, १ फागुन । नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई नयाँ चिनियाँ वाई १२ सिरिजका जहाज भित्र्याएको छ। दुवै विमान आज दिउँसो त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गरेका हुन् ।

निगमले आन्तरिक उडानका लागि चीन सरकारसंग लिएका दुई विमानसंगै आन्तरिक उडानका लागि ८ जहाज भएका छन्।

थपिएका २ वटा वाई १२ जहाज सहित निगमसँग यो सेरिजका जहाज ४ पुगेका छन् तर तिनलाई उडाउने पाइलट भने २ जना मात्रै छन् ।

निगमसंग आन्तरिक उडानका लागि २ वटा एमए ६० , ४ वटा वाई १२ र २ वटा ट्वीनअटर जहाज छन् ।

अहिले नेवानीको एक ट्वीनअटरले नियमति रुपमा उडान गरिरहे पनि एउटा ट्वीनअटर भने मर्मतमा छ।

तर, पाइलट अभावकै कारण यस अघि नै ल्याइएका दुई वाई १२ सिरिजका जहाजले पनि उडान गर्न सकेका छैनन्।

सम्झोतामा दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो।

सहमतिअनुसार नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो।

पहिलो पटक ल्याइएको दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए ६० र वाई–१२ ल्याएको थियो।

यसैगरी निगमले दुई सरकार बीचको सम्झौता अनुसार बाँकी रहेको दुई वटा वाई १२ जहाज ल्याउन लागेको हो।त्यसपछि ल्याइएका एक एमए ६० र तीन वटा वाई १२ सिरिजका जहाजमा नेपाल सरकारले करिब पौने चार अर्ब रुपैयाँ खर्च गरेको छ। तर वाइ १२ जहाज कहाँ उडाने भने नेवानिसँग कुनै पनि व्यवसायी योजना छैन।

निगमले यसै वर्ष अन्तर्राष्ट्रिय उडानका लागि करिब २२ अर्ब रुपैयाँको खर्चका दुई वाइडबडी जहाज ल्याउने छ। योसँगै नेवानिसँग अन्तर्राष्ट्रिय उडानका लागि एउटा बोइङ, दुई वटा एयरबस र दुई वाइडबडी जहाज हुनेछ।

Share Now

Leave a comment.