Prakash Adhikari February 14, 2018

बुटबल, २ फागुन । प्रदेश ५ ले एकै दिन सभामुख र मुख्यमन्त्री एकैदिन पाएको  छ ।

आज बसेको प्रदेश सभाको बैठकमा सभामुखमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्।

संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका घर्तीका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश प्रमुख उमाकान्त झाले आजै नवनिर्वाचित सभामुख र नवनियुक्त मुख्य मन्त्री शंकर पोखरेललाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित अलग अलग कार्यक्रममा पद गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम राखेका छन् ।

मुख्यमन्त्रीको सपथ २ :४५ मा राखिएको थियो भने सभामुखको सपथ ४ : ४५ मा राखिएको छ ।

प्रदेश सभाको आजको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोकेको छ।

उपसभामुखका लागि एमालेले कृष्णा चौधरीलाई उम्मेदवार बनाउने चर्चा छ।

अर्को संसद् बैठक फागुन ६ गते बस्ने भएको छ।

Share Now

Leave a comment.