विण्डहोक(नामिबिया),फागुन । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगतआज नेपाल र क्यानडा बीच भएको खेलमा क्यानडाले नेपाललाई १९५ रनको विशाल स्कोरको लक्ष्या दिएको छ ।
क्यानडाले ८ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा १९४ रन जोडेको थियो ।
आजको अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध आठ विकेट गिराउने सफलता हात पारेको थियो ।
नेपाललाई आठौं सफलता बसन्त रेग्मीले दिलाएका हुन्। यो सँगै रेग्मीले प्रतियोगितामा तीन विकेट लिइसकेका छन्।
यसअघि सन्दीप लामिछानेले २ तथा करण केसी र सरद भेषवाकरले १( १ विकेट लिएका थिए।
१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो।
नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए।