काठमाडौं, १५ जेठ । सरकारले आउदो आर्थिक बर्षदेखि ज्येष्ठ नागरिक भत्ता मासिक ४ हजार पुर्याउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अध्यादेशबाट आएको आर्थिक बर्ष २०७८।७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो ।
उहाँले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गरिने बताउनुभयो । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु ३ हजार रहेको छ ।
वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु ५ हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।
(((


















