Prakash Adhikari May 30, 2021

 

लण्डन(संयुक्त अधिराज्य),१६ जेठ(बीबीसी) । बेलायतका प्रधानमन्त्री बोरस जोनसनले लामो समयको प्रेम सम्बन्धमा एक छोराको जन्म दिएकी प्रेमिका क्यारी साइमण्ड्ससंग सुटुक्क बिबाह गर्नुभएको छ ।

प्रधानमन्त्री जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग शनिवार वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गर्नुभएको समाचारहरूमा जनाइएको छ।

पहिले नै कुरा छिनिसकिएको उनीहरूको शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन्।

प्रधानमन्त्री कार्यालयले भने यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।

काम र निर्वित्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै उनीहरूको विवाहका लागि बधाई दिनुभएको छ।

द मेल पत्रिकाले आइतवार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्ता गरिएको जनाइएको छ।

इङ्ग्ल्याण्डमा लगाइएका कोभिडका प्रतिबन्धका कारण त्यो उक्त समारोहमा सहभागी हुन पाउने अधिकतम सङ्ख्या हो।

क्याथोलिक परम्परा अनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारीहरू सहभागी भएको उक्त पत्रिकाले जनाएको छ।

जोनसन र साइमण्ड्स

जोनसन र साइमण्ड्स

द सन पत्रिकाले डाउनिङ स्ट्रीटका वरिष्ठ सहयोगीहरूलाई उक्त विवाहबारे थाहा नभएको जनाएको छ।

उसले थप भनेको छ, ब्रिटिश समय अनुसार दिउँसोको साढे १ बजेपछि सर्वसाधारणहरूलाई वेस्टमिनस्टर गिर्जाघर छाड्न भनिएको थियो।ू

विवाहबारे थप के भनिएको छ ?

त्यसको एक घण्टापछि ३३ वर्षीया साइमण्ड्स सेतो पहिरनमा ५६ वर्षीय प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुग्नुभएको छ।

शनिवार राति सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्बिरहरू खिचिएका छन्।

शनिवार राती सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्विरहरू खिचिएका छन्।

शनिवार राती सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिए

 

सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमण्ड्स र जोनसनको प्रेम सम्बन्धबारे लेखेका थिए।

गत वर्ष फेब्रुअरीमा दुवै जनाले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाउनुभएको थियो।

साइमण्ड्सले गत अप्रिलमा छोरो विलफ्रिडलाई जन्म दिनुभएको छ ।

 

Share Now

Leave a comment.