काठमाडौं, १६ जेठ । नेपालमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या घट्दै गएको छ । तर यो संख्या नमूना परीक्षण पनि घट्ेकोले घट्न गएको हो वा यथार्थमा नै कोरोनाको संक्रमण घट्न थालेको हो भनेर एकिन गर्न सकिने अवस्था भने छैन् । होम आइसोलेसशनमा रहेका संक्रमितको संख्या अनुमानभन्दा बाहिर छ ।
संक्रमणको रेड जोनमा परेको काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा लगाएकोले पनि संक्रमणको साड.लो तोड्न भने मद्दत पुगेको विश्वास गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरिेको स्वास्थ्य विवरण अनुसार विगत २४ धण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण र १ सय ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा गरिएका १० हजार ९ सय ८६ वटा पीसीआर परीक्षणमा एकतिहाई भन्दा केही बढी ३ हजार ७ सय २ जनामा र १ हजार ७ सय ८४ एन्टिजन परीक्षण गर्दा एकतिहाई भन्दा बढी ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये काठमाडौं उपत्यकाभित्र भक्तपुरमा १ सय १३, ललितपुरमा १ सय ७६ र काठमाडौंमा ८ सय ४ गरी कुल १ हजार ९३ नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। गत २४ घण्टामा ६ हजार २ सय ५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
शनिवार नयाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा झण्डै २ हजार ५ सयले कम पाइएको थियो।
तर ज्यान गुमाउनेको सङ्ख्या दुई हप्तापछि शुक्रवार एक सयभन्दा कम भएकोमा शनिवार पुनः उकालो लागेर ११६ पुगेको थियो।
परीक्षणको घट्दो क्रम
बिहीवारयता नेपाल ६४, हजार ७ सय १९ पीसीआर परीक्षण भएकोमा २१ हजार ७ सय ७५ नमुनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आइतवारको प्रेस ब्रिफिङमा बताउनुभएको छ।
सोही अवधिमा २९ हजार ३ सय ५२ जना सङ्क्रमणमुक्त भएको सरकारी विवरण छ।
तर सङ्क्रमितहरू घटिरहेको देखिँदा परीक्षण हुने सङ्ख्या समेत घट्दो पाइन्छ।
बिहीवार, शुक्रवार र शनिवार कुल परीक्षण गराउनेको सङ्ख्या क्रमशः २० हजार ९ सय ९२, २० हजार १ सय १० र १४ हजार ७ सय ५२ पाइन्छ।
आइतवार १२ हजार ७ सय ७० कुल परीक्षण भएका छन्।
थप विवरण के छ ?
अहिलेको वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५७ हजार सात सय नाघेको छ भने मृतकको सङ्ख्या ७ हजार २ सय ७२ पुगेको छ।
कोभिड भएका बिरामीसँग चिकित्सक
वैशाख २६ गतेसम्म सार्वजनिक दैनिक विवरणमा मृतकको सङ्ख्या दैनिक १०० भन्दा कम थियो।
तर त्यसको भोलिपल्टको मन्त्रालयको विवरणमा १ सय ३९ जना सङ्क्रमितले ज्यान गुमाएको उल्लेख थियो। वैशाख २८ गते त्यो सङ्ख्या २ सय २८ पुग्यो।
जेठ ५ गते भने अहिलेसम्मकै धेरै २ सय ४६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।
त्यसपछि मृतकको सङ्ख्या घट्ने क्रम देखिँदै शुक्रवार ९६ पुगेकोमा शनिवार पुनः १०० नाघेको थियो।
अनुगमन र कारबाही
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ८ हजार ८ सय ९७ भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये ७ हजार ५ सय ६३ संस्थागत आइसोलेशनमा र १ लाख १ लाख ३ सय ६४ जना घरमै एकान्तवासमा भएको सरकारी तथ्याङ्क छ।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १ हजार ५ सय ४५ जना बिरामी आईसीयूमा र ४ सय ७ जना भेन्टिलेटरमा छन्।
नेपालमा कोभिड भएर निको हुने दर ७९.२ प्रतिशत रहेको सरकारले जनाएको छ।(बीबीसीबाट)