क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), २४ जेठ । वेलायतको राजगद्दी त्यागेर अमेरिका पुग्नुभएका पूर्वराजकुमार ह्यारी तथा उहाँकी श्रीमती मेघना मर्केललाई दोस्रो सन्तान प्राप्त भएको छ ।
अमेरिकाको समय अनुसार शुक्रबार बिहान ११ः४० मा शान्ता बारबारा कजेट हस्पिटलमा मेघना मर्केलले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको हो । छोरीको नाम लिलिवेट डायना माउण्टवेटन राखिएको छ ।
नवजात शिशुको नामाकरण उनकी बुढी हजुरआमा बेलायतकी महारानी एलिजावेथको नामबाट लिइएको हो । समाचारमा जनाइए अनुसार उहाँको पारिवारिक बोलाउने नाम लिलिवेट थियो । बीचको नाम उनकी हजुर आमा तथा पूर्वराजकुमार हयारीकी आमा युवराज्ञी डायनाको नामबाट राखिएको हो ।
Welcome to the world Lili, you are so loved ❤️
And congratulations to #HarryandMeghan and big brother Archie 💕!#LilibetDiana pic.twitter.com/L6sfjBr2qZ— Anna 🌸 (@anna_itsonlyme) June 6, 2021
राजपरिवारको छैठौं उत्तराधिकारीको रुपमा रहनुभएका ह्यारीले आफ्नी श्रीमती मेघनमाथि जातीय विभेद हुने व्यबहार पाएपछि गत बर्ष राजगद्दी उत्तराधिकार सबै त्यागेर अमेरिका बस्ने निधो गर्नुभएको थियो ।
ह्यारी र मेघन मर्केलका आर्ची ह्यारिसन माउण्टवेटन विन्सर नामक पुत्र पनि हुनुहुन्छ ।


















