बुटवल(रूपन्देही), ३ फागुन । प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले मुख्य मन्त्री शंखर पोखरेलको सिफारीसमा थप दुई मन्त्री नियुक्त गरेका छन् ।
एमाले नेता पोखरेलको नेतृत्वमा बनेको सरकारमा माओवादीका कुलप्रसाद केसी र एमालेका बैजनाथ चौधरी (थारू) मन्त्रिपरिषद्मा सहभागी भएका हुन्।
प्रदेश ५ का मुख्य मन्त्री पोखरेलले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
यस्तै, मन्त्री केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै मन्त्री चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
प्रदेश ५ का प्रदेशप्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्य मन्त्रीको सिफारीसमा प्रदेश मन्त्रिपरिषद्को गठन गरेका हुन्।