Prakash Adhikari February 15, 2018

जनकपुरधाम(धनुषा),३ फागुन । प्रदेश २ का मुख्यमन्त्री र दुई मन्त्रीहरुले बिहिबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

जनकपुर चुरोट कारखानाको परिसरमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्मन्त्री राउतले भोजपुरी, आर्थिक मामिला मन्त्री यादवले मैथिली र सोनलले हिन्दी भाषामा शपथ लिएका थिए ।

शपथ ग्हण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

सपथपछि मुख्यमन्त्री राउतले हिन्दी र नेपाली भाषामा सम्बोधन गरेका थिए ।

Share Now

Leave a comment.