Prakash Adhikari February 15, 2018

खुमलटार(ललितपुर), ३ फागुन । एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले तत्काल सरकारमा नजाने र ओली सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेता रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, मातृका यादवलगायतका नेताहको सहभागी रहेको थियो।

बुधबारको बैठकमा लिखित सहमति गर्ने बेलामा एमाले नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जबज) छोड्न नसक्ने,पार्टीको राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद मात्र हुने माओवाद त्यागिने र एकीकृत पार्टीमा धेरै नेताहरुको व्यवस्थापनको कुरा उठाएपछि माओवादीहरु सम्मानजनक एकताको संभावनाबाट टाढिएका छन् ।

माओवादी नेताहरुले बुधबारको बैठकमा जबज र २१ औ शताब्दीको जनवाद दुवैलाई थाती राखेर महाधिवेशनमा जानु पर्ने प्रस्ताव राखेका थिए।

प्रधानमन्त्री ओलीले माओवादीसँग पहिलो मन्त्रिपरिषदको गठनका लागि दुईजना मन्त्री मागेका थिए। माओवादीले सरकारमा तत्काल नजाने भन्दै मन्त्रीको नाम समेत पठाएन।

पार्टी एकीकरण र पदको भागवण्डामा नमिलाईकन अहिल्यै सरकारमा हाम्फाल्दा सांगठानिक आधार कमजोर भएको माओवादी पार्टी सरकार र पार्टी दुवैतिर पेलिने अवस्था आउने भएकोले बाहिर बसेर समर्थन गर्ने निधोमा माओवादी पुगेको हो ।

सरकारमा पुगेर बढी चुरीफुरी देखाएमा संसदमा बहुमत सिद्ध गर्ने समयमा माओवादीले समर्थन फिर्ता लिए वा मतदानमा तटस्थ बसेमा ओलीको सत्ता यात्रा एकमहिनामा टुंगिने अवस्था पनि आउन सक्छ ।

भित्रभन्दा बाहिर बसेर समर्थन गर्दा वार्गेनिड.पावर बढ्ने भएकोले ओलीको सरकारमा माओवादी केन्द्र तत्काल नजाने भएको हो ।

Share Now

Leave a comment.