काठमाडौं, ३ फागुन । नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।
समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।
ओलीले जनताको नाममा सपथ लिएका थिए ।
त्यसअघि बिहीबारै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा पार्टीबाट लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका छन् ।
लालबाबुलार्य वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थममाया थापालाई महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयको ।
दुवै मन्त्रीहरुले आजै राष्टपतिबाट सपथ लिएका छन् ।