Prakash Adhikari February 15, 2018

विण्डहोक(नामिविया), ३ फागुन । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- अन्तर्गत जारि फाइनल खेलमा युएईले नेपाललाई २७८ रनको लक्ष दिएको छ। वान्डरर्स क्रिकेट मैदान, विन्ढोकमा टस जितेर ब्याटिंग रोजेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ४ विकेट गुमाई २७७ रन बनाएको छ।

युएई ओपनर तथा कप्तान रोहण मुस्तफा र अश्फाक अहमदले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्दै युएईलाई ठुलो स्कोरतर्फ डोर्याएका थिए। २५ औं ओभरमा बसन्त रेग्मीले मुस्तफालाई ५१ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। मुस्तफाले ७४ बलमा ७ चौका प्रहार गरे।

मुस्तफाको विकेटपछि अश्फाकले दोश्रो विकेटको लागि घुलाम शब्बिरसंग ५४ रनको साझेदारी गरे। शब्बिरलाई १८ रनको स्कोरमा सन्दिप लामिछानेले रन आउट गरे। अर्को किनारमा विकेट गए पनि विकेट जोगाउदै अहमदले शतक पुरा गरे। १२३ बलमा १० चौका र ३ छक्का प्रहार गरेपछि ११४ रनको व्यक्तिगत स्कोरमा अहमदलाई सन्दिपले ४३ औं ओभरमा आउट गरे। तेश्रो विकेटको लागि अहमदले रामिज शहजादसंग ४८ रन जोडे।

शाहजादले चौथो विकेटको लागि शैमन अनवरसंग ५५ रनको साझेदारी गर्दै युएईको स्कोर २५० पार गराए। अनवरलाई ४९ औं ओभरमा ४० रनको व्यक्तिगत स्कोरमा सोमपाल कामिले आउट गरे। रमिज शाहजादले अविजित ४१ रन ९ ४६ बल, १ चौका र १ छक्का ० प्रहार गर्दै युएईको स्कोर ५० ओभरमा २७७र४ पुर्याए।

प्रतियोगितामै पहिलो पटक कमजोर देखिने क्रममा नेपालको लागि सोमपाल कामि, बसन्त रेग्मी र सन्दिप लामिछानेले समान १र१ विकेट हात पारे। करन केसी, पारस खड्का र शरद भेसावकर विकेट बिहिन रहे।

Share Now

Leave a comment.