Prakash Adhikari June 8, 2021

कुवेतसिटी(कुवेत), २५ जेठ । नेपाली फुटबल टोली तटस्थ राष्ट्रमा भएको खेलमा समेत जोर्डनलाई पराजित गर्न असमर्थ भएको छ ।

सोमबार राति कुवेतमा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली जोर्डनसँग ३–० ले पराजित भएको छ।

जोर्डनको आक्रमक खेललाई रोक्द आएका नेपाली खेलाडीहरुलाई सोमबारको रातमा भाग्यले पनि साथ दिएन । खेलको २४ औ मिनेटमा नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पायो।

फुटबलमा माहिर मानिएका खेलाडी फैजलले पेनाल्टीलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए।

पहिलो हाफमा १–० ले पछि परेको तेपाली टोलीले दोश्रो हाफमा पनि जोर्डनलाई रोक्न असमर्थ भयो ।
दोस्रो हाफको सुरुमा नै ४९ औ मिनेटमा फैजलले अग्रता दोब्बर बनाए।

नेपाली डिफेन्डर अनन्त तामाङले जोर्डनी खेलाडीलाई फाउल गरेपछि पाएको फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै फेैजलले गोल गरेको थिए।
जोर्डनको उत्साह त्यतिमै सीमित भएन । खेलको ६८ औं मिनेटमा जोर्डनले अर्को गोल गर्यो ।

दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले सहजै हेड गर्दै गोल गरेका थिए।

यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक जोडदै दोश्रो स्थानमा उक्लिएको छ।

समान खेलमा १० अंक सहित कुवेत तेस्रो स्थानमा छ।

आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्दैछ।

नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अष्ट्रेलिया विरुद्ध जित निकाल्दै समुहका अन्य टोलीको नतिजा पर्खनुपर्ने हुन्छ।

हार बेहोरे पनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ।

नेपालले अब शुक्रबारआफ्ना अन्तिम खेल अष्ट्रेलियासंग खेल्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ

Share Now

Leave a comment.