काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।
उहाँको आइतबार राती उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा निधन भएको हो ।
विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिनुभएका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।
उहाँको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
लमजुङ जिल्लाका पूर्व सांसद ,नेपाली काग्रेस लमजुङका पूर्व सभापति,त्याग,निष्ठा,समर्पण, इमानदारिता अदि गुणका धनी जिल्लाका स्वच्छ छबिका नेता हरिभक्त अधिकारीक़ो मिति २०७८।२।३० ग़ते भएक़ो निधनको खबरले हामीलाइ स्तब्ध बनाएको छ । आदर्शवादी नेताको अात्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रध्दाञ्जली ब्यक्त गर्दछौ साथै शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ ।
प्रदिप राज अधिकारी
अध्यक्ष एवम्
नेपाली कांग्रेस लमजुङ काठमाडौं सम्पर्क समिति परिवार
वि।सं। १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएको थियोे । स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।




















