Prakash Adhikari February 16, 2018

पोखरा(कास्की), ४ फागुन । प्रदेश नं ४ का प्रमुख बाबुराम कुँबरले प्रदेश नम्बर ४ का मुख्यमन्त्री, र सभामुखलाई शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको निवास रत्नचोकमा प्रमुख कुँवरले प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि अलग अलग शपथ ग्रहण गराएका हुन्।

आइतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

त्यसपछि, बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छी आमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो।

यता अधिकारी बिहिबार मात्रै प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए।

आजै मुख्यमन्त्री गुरुङले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन्।

उनी एमालेका तर्फबाट गोर्खाबाट सांसद बनेका हुन् ।

Share Now

Leave a comment.