काठमाडौं, १ आषाढ । पेट्रोलियम पदार्थ ढुवानीमा आइतबारदेखि सुरुभएको अवरोध हटेको छ।
नेपाल आयल निगम र निगमको पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरुबीच ट्यांकर चालक र सहचालकलाई प्राथमिकतासाथ खोप लगाउने सम्झौता भएपछि अवरोध हटेको हो ।
नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्यायले मंगलबार निगम र ट्यांकर चालक संघबीच खोप उपलब्ध गराउने सहमति भएपछि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्न चालकहरु सहमत भएका हुन् ।
निगमले भोलि बुधबारबाटै ट्यांकर चालक र सहचालकलाई बुधबार खोप लगाइने कार्यको थालनी हुने जनाएको छ ।
आतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालक र सहचालकले आफूहरुको स्वास्थ्य जोखिममा रहेको र सरकारले अग्रिम मोर्चामा खटिनेहरुलाई जस्तो प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था पनि नगरेको भन्दै कोभिड बिरुद्धको खोप लगाउने प्रत्याभूति नभएसम्म पेट्रोलियम ढुवानी नगर्ने गरी अवरोध सुरु गरेका थिए ।


















