Prakash Adhikari June 18, 2021

काठमाडौं, ४ आषाढ । मनसुन सक्रिय भएकोले आज पनि देशका विभिन्न भागमा मध्यमदेखि भारी बर्षाको संभावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले देशका साना ठूला नदीको तटीय क्षेत्रमा नजान सबैलाई सचेत गराएको छ ।

महाशाखाले भनेको छ, “अनुसार  प्रदेश १, प्रदेश २,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी,तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहिमा आकस्मिक वहाव फ्ल्यास फ्लड भई  नदीको सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाऔ।”

महाशाखाले जनाए अनुसार आज नारायणी,कर्णाली र महाकाली तथा यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा सतर्कताभन्दा तलै हुने  छ । कोशी जलाधारका केही ससाना सहायक नदीहरुमा क्षणिक मध्यम भारी बर्षाभई बहाब बढ्ने र केही ससाना नदीहरुमा आकस्कि बहाव भई सर्तकता आसपास पुग्ने पूर्वानुमान छ ।

 

आज कन्काई,कमला,बागमती,पश्चिम राप्ती,बबई र यसका सहायक नदीमा बहाब बढदो हुने र केही ससाना नदी आकस्मिक बहाब बढ्न सक्ने महाशाखाको अनुमान रहेको छ ।

 

बाढी पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १ को इलाम, झापा, मोरड.,सुनसरी,धनकुटा, उदयपुर,भोजपुर,ताप्लेजुड. संखुवासभा, प्रदेश २ को सप्तरी,सिराहा,महोत्तरी,सर्लाही, वागमती प्रदेशको दोलखा ,रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिड., काठमाडौं, चितवन, मकवानपुर गण्डकी प्रदेशको गोर्खा,मनाड., लमजुड., कास्की, पर्वत, बाग्लुड.,म्याग्दी,तनहुँ, स्याड.जा, लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,प्युठान, दाड., बाँके, बर्दिया,रुकुम,कर्णाली, प्रदेशको सुर्खेत, सल्यान दैलेख, जाजरकोट,कालिकोट, हुम्ला, सुदुरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाड.,दार्चुला र आसपासका जिल्ला भई बग्ने ससाना जलाधारमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब बढ्न सक्ने जनाएको छ ।

 

Share Now

Leave a comment.