काठमाडौं, ५ फागुन । आउँदो मार्च ४ देखि २५ सम्म जिम्बावेमा हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपाल सहभागी हुँदै छ। बिहिवार सम्पन्न डिभिजन-२ को फाईनलमा युएईसंग ७ रनले पराजित हुँदै उपविजेता उपविजेता बनेको नेपाल छनौट प्रतियोगिताको समूह “बि” मा परेको छ।
नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। उता डिभिजन २ को बिजेता युएई रहेको समुह “ए” मा भने वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी रहेका छन्।
सहभागी टिमहरु : वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, युएई र नेपाल
आईसीसी बिश्वकप छनौटबाट उत्कृस्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्व कप खेल्न छनौट हुनेछ। आईसीसीले प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउने बताएको छ।
नेपालको खेल तालिका –
३ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग
जिम्बावेमा हुने प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्ने छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।
यसैबीच प्रतियोगिता अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। संयुक्त अरब एमिरेट्स ९युएई० बिरुद्द नेपालले २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेकोछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।
प्रतियोगिताको फर्म्याट
सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १(१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट(३ हुने टिम सुपर(सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर(सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ९ समुह चरणमा भेट नभएका टिमसंग मात्र ०। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ९ समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक ०। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।
सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृस्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।
वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट रास्ट्रले पनि बिश्वकप छनौट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृस्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी बिश्व कप छनौट खेल्नेछन्।