Prakash Adhikari June 27, 2021

पोखरा(कास्की), १३ आषाढ । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ ।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहनुभएका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।

गण्डकीमा अर्थ मन्त्रालयमा कांग्रेस र माओवादी अनि भौतिक मन्त्रालयमा कांग्रेस, माओवादी र स्वतन्त्र मन्त्री मनाङ्गेको दाबी रहिरहेकोले कार्यविभाजनमा मुख्यमन्त्रीलाई सकस परेको हो ।

विनाविभागीय मन्त्री मनाङ्गेले सरकार गठनको समयमा आफूलाई भौतिक मन्त्रालय दिने सहमति भएकोले सो पालना गर्न जिद्दी गरिरहनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले गत जेठ २९ गते कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी शपथ ग्रहण गर्नुभएके थियो।

११ मन्त्रालय रहेको गण्डकीमा दलहरूबीच मन्त्रालयको जिम्मेवारीको बाँडफाँटको सहमति जुट्न अहिलेसम्म नसकेकोले सबै विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी टुंगिएको छैन भने मन्त्रिपरिषद् विस्तार पनि बिलम्बित भएको छ ।

Share Now

Leave a comment.