Prakash Adhikari June 27, 2021

काठमाडौं, १३ आषाढ । विश्वमा महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसले नेपालमा हालसम्म ९ हजारभन्दा बढी नेपालीको जीवन समाप्त पारिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार विगत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसंगै यस प्राणघातक भाइरसबाट मर्नेहरुको संख्या नेपालमा ९ हजार ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार ंंपछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३ हजार ७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख  छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै ६ लाख ६५ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ९ पुगेको छ।

अहिले देशभरिका ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या घटेर २७ वटा रहेका छन।

पीसीआर परीक्षण गराएका झण्डै ६ हजारमध्येमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको सरकारी विवरण छ।

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

आइतवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै २ सय ९२ जना काठमाडौंका रहेका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा ३२ र ललितपुरमा १०० जना सङ्क्रमित थपिएका छन्।

भारतको अवस्था 

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५० हजार ४० थपिएको छ।

सरकारी विवरण अनुसार उक्त अवधिमा त्यहाँ १ हजार २ सय ५८ जनाको कोभिड जोडिएका घटनामा मृत्यु भएको छ।

यससँगै त्यहाँ देशभर कुल सङ्क्रमितको सङ्ख्या ३ करोड २ लाख भन्दा धेरै पुगेको छ भने ३ लाख ९५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५,८६,४०३ पुगेको छ।

त्यहाँ ३२ करोड १७ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।(बीबीसी)

Share Now

Leave a comment.