काठमाडौं, १७ आषाढ । आजदेखि तीनदिनसम्म देशभर वर्षा हुने भएको छ ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आज विहान प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइए अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पुर्ण बदली भइ धेरै स्थानमा हल्का देखि म्ध्यम वर्षा भइरहेको छ। साथै प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्टयाङ्ग सहित भारी वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। @NDRRMA_Nepal pic.twitter.com/eD1t3EkTcl
— Nepal Weather Forecast (@DHM_Weather) June 30, 2021
महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
नेपाल सरकार
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
मौसम पूर्वानुमान
२०७८ असार १७ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ असार १८ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ असार १९ गते (शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ
यस्तै विभागको बाढी पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनमा बिहिबार कर्णाल, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायतका कोशीका सहायक नदीहरु र त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याड.दी लगायतका नारायणी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा सतकर्ताको तह पार गर्नसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले पश्चिमराप्ती, बबई लगायतमा बहाब सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती , कन्कार्य र यसका ससाना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र स सना नदीमा आकास्मिक बहाब भई सतर्कता तह पार गर्नसक्ने पूर्वानुमान गरेको छ ।
बिहिबारी प्रदेश १, २, बागमती,लुम्बिनी र गण्डकी प्रदेशको मध्यपहाडी, चुरे र तराई भई बहने ससाना नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकास्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
महाशाखाले देशका विभिन्न ठाउँमा राखिएको बर्षा तथा जलसतह मापन केन्द्रहरुको तथ्यांकका आधारमा आवधिक बुलेटिन जारी गरी सचेत पनि गराउदै आएको छ । बाढी पूर्वानुमान महाशाखाले आज मध्यरातदेखि जारी गरेका सतर्कता सूचनामा जनाइए अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । महाशाखाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
असार १७ बिहान ७ बजे
सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना; मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔँ।
महाशाखाले बिहान ४ :३० बजे बुलेटिन प्रकाशित गर्दै सिन्धुली जिल्लास्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको,मरिन कुसुन्तार,बागमती राइगाउँ,पधेरादोभान लगायत बाढीमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सचेत गराएको छ ।
#SMSAlert
असार १७, बिहान ५:३० बजे
सिन्धुली जिल्ला स्थित कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले,धनुषा,सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरू राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहुनुहोला
त्यस्तै महाशाखाले बिहान २ : ४५ मा एक सूचना प्रकाशित गर्दै तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले चुँदी खोला लगायत सो क्षेत्रमा ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन सचेत समेत गराएको थियो ।
असार १७ बिहान २:४५
तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले चुदी खोला लगायत सो क्षेत्रमा ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔँ