Prakash Adhikari July 1, 2021

बेइजिड.(चीन), १७ आषाढ । चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ।

राष्ट्रपति सी जिन्पिङले बिहीवार  गर्नुभएको करिब २ घण्टा लामो सम्बोधनमा चीनलाई जिस्क्याउने, दमन गर्ने र नियन्त्रण गर्न खोज्ने जो कोही पनि १ अर्ब ४० करोड चिनिया जनताको विशाल पर्खालसंग टकराउन पर्ने चेतावनी दिनुभएको छ ।

उहाँले चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा विगत ७२ बर्षमा असाधारण प्रगति गरेको पनि दावी गर्नुभएको छ ।एउटा मन्तव्य दिने ठानिएको छ।

चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ।

हङकङले पनि उही मितिमा ब्रिटेनले हस्तान्तरण गरेको २४ औं वर्षगाँठ मनाउँदैछ।

राष्ट्रिय झण्डा फहराउँदै एक बालिका
सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो।

त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए , तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ।

सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा ‘द ग्रेट जर्नी( महान यात्रा) ‘नाम दिइएको कला देखाइएको थियो।

उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो।

तर कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएरमा प्रजातन्त्र र खुलापनको लागि भएका प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ।

द ग्रेट जर्नीले पार्टीको इतिहास झल्काएको थियो तर केही घटनाहरू भने हटाइएको बताइन्छ

द ग्रेट जर्नीले पार्टीको इतिहास झल्काएको थियो तर केही घटनाहरू भने हटाइएको बताइन्छ

चीनले कोभिड-१९ को महामारीलाई कसरी पराजित गर्यो भन्ने पनि प्रस्तुति देखाइएको थियो

चीनले कोभिड-१९ को महामारीलाई कसरी पराजित गर्यो भन्ने पनि प्रस्तुति देखाइएको थियो ।

एप्रिलयता, चीनमा प्रोपोगाण्डा चलचित्रहरू देखाउन निर्देशन दिइएको छ। ‘रेड फिल्मस्’ भनिने ती चलचित्र सातामा कम्तीमा दुईपटक देखाइन्छ।

यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ।

चीनको उपलब्धिहरूको प्रशंसा गर्ने १०० प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा १०० गायकहरू रहेका छन्।

१९२१ जस्ता देशभक्तिको चलचित्र वर्षैभरि सिनेमा घरहरूमा देखाइने
१९२१ जस्ता देशभक्तिको चलचित्र वर्षैभरि सिनेमा घरहरूमा देखाइने

‘रेड टुरिजम्’ पनि निकै लोकप्रिय भएको छ। सीट्रिपजस्ता ट्राभल कम्पनीहरूले ‘रेड पिल्ग्रिम्स’ का लागि १ सय नौला मार्गहरू सार्वजनिक गरेका छन्।

साङ्घाइमा भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलन जस्ता ठाउँ पर्यटकका लागि "रेड टुरिज्म" अन्तर्गत खोलिएको छ
साङ्घाइमा भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलन जस्ता ठाउँ पर्यटकका लागि ‘रेड टुरिज्म’ अन्तर्गत खोलिएको छ

तर प्रोपागाण्डालाई लिएर सबै खुसी भने छैनन्।

“अहिले जब म बेलुका टिभी खोल्छु, दर्जनौँ च्यानलहरूले क्रान्तिकारी युद्धका कार्यक्रमहरू देखाइरहेका हुन्छन्” बेइजिङका एक बासिन्दाले बीबीसी चाइनिजलाई बताउनुभयो,”प्रत्येक दिन उही पार्टी बनाउने कुरा देश बनाउने कुरा – तपाईँसँग अरू कुनै विकल्प छ ?”

वार्षिकोत्सवको महत्त्व

विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा, सीसीपीले चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिन्छ।

“१०० वर्षको उत्सव स्पष्ट रुपमा पार्टीका लागि एउटा महत्त्वपूर्ण क्षण हो र तामझामसँग पूरा योजना पनि गरिएको छ”, द इकोनोमिष्ट इन्टेलिजेन्सका टम राफर्टीले बीबीसीसँग भन्नुभयो।

हङकङबारे के छ ?

बिहीवार नै ब्रिटिश उपनिवेश चिनियाँ शासकलाई हस्तान्तरण गरिएको २४औँ वर्षगाँठ पनि हो।

हङकङमा धेरैजसो उत्सवहरू हुने भए पनि हालैका वर्षमा उक्त मितिमा त्यहाँ बेइजिङ विरोधी प्रदर्शनहरू हुने गरेका छन्।

तर गत वर्ष विवादास्पद राष्ट्रिय सुरक्षा कानुन ल्याइएपछि भने विरोधी आवाजहरूलाई बन्द गरिएको छ।

हङकङ प्रहरीले कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध भन्दै र्‍याली आयोजना गर्न अनुमति दिन अस्वीकार गर्ने आयोजकहरू बताउँछन्।

 

Share Now

Leave a comment.