काठमाडौं, १८ आषाढ । अहिले देशका अधिकांश भागमा पानी परिरहेको छ । हिजो बिहिबार रातिदेखि निरन्तर परेको पानी आज दिनभरी परिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरुमा वर्षा भैरहेको तथा भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागले बर्षाका कारण जोखिम रहेका स्थानमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
हाल देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरुमा वर्षा भैरहेको तथा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। @NDRRMA_Nepal pic.twitter.com/qBzkmXnQFn
— Nepal Weather Forecast (@DHM_Weather) July 2, 2021
यता विभागको बाढी पूर्वानुमान महाशाखाले अविरल भैरहेको बर्षा र हुनसक्ने संभाव्य भारी बर्षाका कारण आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध गरेको छ।
महाशाखाको बिहान ७ बजेको बुलेटिनमा भनिएको छ, आज कर्णाली,महाकाली र यसका सहायक नदीहरुका बहाव सामान्य रहने , भोटेकोशी, तामाकोशी, दूधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी,मर्स्याड.दी लगायतका बहाव उल्लेख्य बढ्नो र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
असार १८,
आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ। pic.twitter.com/QPzdBIdQBU— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम राप्ती र बबईमा बहाव सामान्य रहे पनि कन्काई,कमला, बाग्मती र पूर्वी राप्ती लगायतका केही सहायक नदीहरुमा मध्यमदेखि भारी बर्षाका कारण बहाब उल्लेख्य बढ्ने र सतर्कता तह पुग्नसक्ने अनुमान छ ।
विभागले प्रदेश १ को इलाम,झापा, मोरड., सुनसरी,उदयपुर, खोटाड.,तेह्रथुम, धनकुटा र ओखलढुंगा, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिराहा र सप्तरी, वागमती प्रदेशको काठमाडौं, धादिड.,मकवानपुर, चितवन, सिन्धुली, नुवाकोेट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा,लमजुड.,तनहुँ,कास्की,स्याड.जा, म्याग्दी,पर्वत,बाग्लुड. र नवलपुर तथा लुम्बिनी प्रदेशको नवलपरासी,पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका खोला नाला र नदीको तह सतर्कता स्तरमा पुग्ने जोखिम देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ को ताप्लेजुड.,पाँचथर,भोजपुर,संखुवासभा र सोलुखुम्बु, लुम्बिनीको रुपन्देही, रोल्पा र दाड. सुदूर पश्चिमको दार्चुला र बझाड. जिल्लामा बहाव केही बढ्ने र केहीमा आकास्मिक बाढी आउन सक्ने भएकोले ती जिल्लाका नदी र तिनका सहायक खोलानालाको तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
महाशाखाले सुदूरपश्चिम प्रदेशका बाजुरा,डोटी,अछाम,बैतडी र डडेल्धुरा जिल्ला र आसपासका जिल्लाभई बहने नदी र तिनका सहायक नदी तथा खोलानालामा पनि केहीमा बहाब सामान्य बढ्ने र केहीमा आकास्मिक रुपमा बाढी आउने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।


















