काठमाडौं, २२ चैत्र । नेपालमा विगत २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने यस घातक भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५ हजार ८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

सो अवधिमा १ हजार ५ सय ६५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९४.६ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै ६ लाख ८८ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९ हजार २ सय ६३ पुगेको छ।
अहिले कुल २२ हजार ९ सय ६९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ८ सय ५९ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
मङ्गलवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४ सय ९९ जना काठमाडौंं उपत्यकामा रहेका छन्।
अहिले देशभरिका आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मङ्गलवार पुष्टि भएकामध्ये काठमाडौंका ३ सय ६५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १ सय ५ र २९ जना रहेका छन्।
एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १ सय ७६ जना, मोरङ १सय१२, सुनसरी १सय ३५ र कास्की १ सय ३ जना रहेका छन्।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५ सय ६७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ८१ जना भेन्टिलेटरमा छन्।(बीबीसीबाट)


















