Prakash Adhikari July 7, 2021

 

मुम्बई(भारत), २३ आषाढ । प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ।

पाँच दशक लामो चलचित्र यात्रामा उहाँले ६५ भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो।

सास फेर्न गाह्रो भएपछि उहाँलाई हालै अस्पताल भर्ना गरिएको थियो।

कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुनुहुन्छ। दिलीप र सायरा बानोका सन्तान छैनन्।

कुमारले सन् १९४४मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा शुरु गर्नुभएको थियो। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उहाँलाई ख्याति दिलाएको थियो।

दिलीप कुमार
व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरको पनि अभियन थियो जो पछि गएर चर्चित अभिनेतृ र अभिनेता बन्न सफल हुनुभएको थियो।

दीलिप कुमारको जन्म सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उहाँको नाम यूसूफ खान राखिएको थियो।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै दीलिपकुमारले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीपकुमार राख्नुभएको थियो ।

एक फलफूल ब्यापारी मोहम्बद सरवर खानका सुपुत्र दिलीपकुमार सुरुमा पिताकै काममा सघाउनुहुन्थ्यो ।

पछि उहाँ आत्म निर्भर बन्ने भूत सवार भएपछि मुम्बईमा स्याण्डविच पसल खोलेर पनि बस्नुभयो । पसलमा बस्दा अंग्रेजको विरोध गरेकोमा उहाँ पक्राउ पनि पर्नुभयो ।

जेलबाट छुटेर पुन पिताजीको फलफूल ब्यापारमा सघाइरहनुभएका दिलीपकुमारको जीवनले रेल्वे प्लेटफर्ममा भेटिनुभएका एक चिनेका डाक्टर मिसानीसंगको भेटले नयाँ मोड लियो ।

त्यसदिन डा. मिसानी बंम्बै टाकिजकी मालिक देविका रानीसंग भेट गर्न जादै हुनुहुन्थ्यो । उहाँले दीलिपकुमारलाई पनि संगै लैजानुभयो ।

दिलीप कुमार

कुराकानीका क्रममा देविका रानीले दिलीप कुमारलाई फिल्ममा खेल्न अनुरोध गर्नुभयो । आफूले नायकका लागि खोजिरहेको एक पढेलेखेको र सुन्दर उत्साही युवाको गुण दिलीप कुमार पाएको उल्लेख गर्नुभएकी देविका रानीको प्रस्तावलाई दिलीप कुमारले शुरुमा स्वीकार्नुभएको थिएन ।

आफूलाई अभिनयको कुनै अनुभव नभएको भनेर देविका रानीको माग अस्वीकार समेत गर्नुभएका दिलीपकुमारले मासिक १२५० भारतीय रुपैयामा बम्बै टाकिजमा काम शुरु गर्नुभएको थियो ।

Share Now

Leave a comment.