पोर्ट(अ(प्रिन्स(हैटी), २३ आषाढ(बीबीसी) । हैटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा गरिएको आक्रमणमा ज्यान गएको देशका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ।
पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताउनुभएको छ।
आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ।
अन्तरिम प्रधानमन्त्री जोजेफले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताउनुभएको छ।
An official says Haitian President Jovenel Moïse has been assassinated after a group of unidentified people attacked his private residence. Moïse’s wife, First Lady Martine Moïse, is hospitalized, interim Premier Claude Joseph said. https://t.co/JXK0M4oiaZ
— The Associated Press (@AP) July 7, 2021
आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हाल्नुभएको थियो।
भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उहाँले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको लहरको सामना गर्नु परिरहेको थियो।


















