काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सिफारीस गरेका तीन जनालाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याल राईलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको थियो।
देउवा सरकारको सिफारिसलाई राष्ट्रपति भण्डारीले थन्क्याएर
राखेकी थिइन् ।
दुई दिनअघि केपी शर्मा ओली नेतृत्वको सरकारले देउवाले सिफारिश गरेका नाम फिर्ता गर्ने निर्णय गरेको थियो।