Prakash Adhikari July 13, 2021

काठमाडौं, २९ आषाढ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गर्दा पनि हालसम्म राष्ट्रपतिको कार्यालयले नयाँ प्रधानमन्त्री नियुक्तिको सूचना सार्वजनिक नगरेकोमा सर्वत्र चिन्ता र चासो व्यक्त भैरहेको छ ।

तर राष्ट्रपति कार्यालयका भरपर्दो स्रोतका अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओली र र राष्ट्रपति विद्यादेवी भण्डारीका बीचमा आफ्ना कुरा जनताका सामु भनेर पद त्याग गर्न उचित हुने सहमति भएको थियो ।

सोही सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह देशवासीका नाममा विशेष सम्बोधन गर्ने र त्यसपछि मात्र सर्वोच्चको परमाआदेश अनुसार नेपाली कांग्रेसका सभापति तथा पुनस्थापित प्रतिनिधिसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि यसको जानकारी दिनुभएको छ । उहाँले आफ्नो ट्वीटर मार्फत जानकारी दिंदै भन्नुभएको छ, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २स्०० बजे सिंहदरबारबाट सम्बोधन गर्नुहुने जानकारी गराउन चाहन्छु ।उक्त सम्बोधन नेपाल टेलिभिजन,रेडियो नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ।”

 

 

Share Now

Leave a comment.