शीतलनिवास(काठमाडौं), ८ फागुन । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले महान्यायाधिवक्ताको पदमा वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नियुक्त गरेकी छन् ।
पूर्व मन्त्री रहिसकेका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले एक विज्ञप्ति प्रकाशित गरी गौरादह(३, झापा निवासी वरिष्ठ अधिवक्ता श्री अग्नि प्रसाद खरेललाई राष्ट्रपति भण्डारीले नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको जानकारी दिएका छन् ।
सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको महान्यायाधिवक्ता पदमा नियुक्ति
८ फाल्गुन २०७४, मंगलवार २०:०६
आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता श्री अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।
(कुलप्रसाद चुडाल)
प्रवक्ता