Prakash Adhikari July 14, 2021

काठमाडौं, ३० आषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीहरुको उपचार प्रयासलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज आयोजित ब्रिफिड. सेसनमा उहाँले सो निर्देशन दिुनुभएको हो ।

आज उहाँले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का पदाधिकारीहरुसँग कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहिका विषयमा जानकारी लिनुभएको थियो।

सीसीएमसीका प्रमुख बालानन्द शर्मासहितका पदाधिकारीबाट बिशेष जानकारी लिएपछि समितिलाई उहाँले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।

Share Now

Leave a comment.