बीपी नगर,सानेपा(ललितपुर), ९ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन १० गते बिहीबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार अपरान्ह एक विज्ञपित प्रकाशित गर्दै सोको जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुलाई उपस्थितिकालागि अनुरोध गरेको छ ।
कार्य सम्पादन समितिमा हालै राष्टपति विद्यादेवी भण्डारीबाट पूववर्ती सरकारले राष्टिय सभाका सदस्यहरुको नियुक्तिको लागि गरेको शिफारीसलाई थन्क्याएर वर्तमान सरकारले गरेको शिफारीसलाई कार्यान्वयन गरेको सम्बन्धमा पनि छलफल हुने बताइन्छ ।
बैठकमा पार्टीको संसदीय दलको नेता चयनको कार्यसूचि सहित प्रदेशका संसदीय दलहरुको अवस्थाका बारेमा पनि समीक्षा हुने बताइएको छ ।
यो बैठकले पार्टीको आगामी केन्द्रीय समितिको बैठकको तयारीका लागि विषयहरुको निर्धारण र आवश्यक तयारी समेत गर्ने संभावना छ ।
फागुन ९, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७४ फागुन १० गते बिहीबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव