काठमाडौं, २ साउन । आज देशभर सामान्य बदली भई सामान्यतः हल्का बर्षा हुने भए पनि प्रदेश १, २, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ठाउँ ठाउँमा दिउँसोदेखि रातीसम्म भारी बर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहान ६ :०० बजे प्रकाशित गरेको मौसम बुलेटिनमा जनाइए अनुसार अहिलेदेशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति:२०७८–०४–०२ बिहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ साउन २ गते ( शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले अहिले कास्की र स्याङ्जा जिल्लामा धेरै भारी वर्षा भई अहिले केहि कमजोर हुँदै गएको उल्लेख गर्दै प्रदेश न १ र प्रदेश न ५ मा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको गतिविधि बढ्दै जाने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
महाशाखाले जनाए अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बुलेटिनमा आज सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै रातिमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बाढीको संभावना
यसैबीच बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन प्रकाशित गर्दै श्रावण २ देखि ५ गते सम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिमराप्ती, बबई लगायतमा बहाव उल्लेख्य बढ्ने,केहीमा सतर्कता तह पार गर्ने जानकारी दिएको छ ।
महाशाखाले नारायणी र कोशीका सहायक नदीहरुमा सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेको उल्लेख गर्दै उक्त अवधिभर तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
श्रावण २ देखि ५ गते सम्म महाकाली,कर्णाली,भेरी,तिनाउ,पश्चिमराप्ती,बबई लगायतमा बहाव उल्लेख्य बढ्ने,केहीमा सतर्कता तह पार गर्ने त्यसैगरी नारायणी र कोशीका सहायक नदीहरुमा सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले उक्त अवधिभर तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔ pic.twitter.com/VZpnUmMfR7
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 17, 2021


















