काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका संघीय संसदमा निर्वाचित सांसदहरुको बैठक फागुन १२ गते शनिबार बस्ने भएको छ।
नेपाली कांग्रेसले बिहीबार ९ बजेका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको थियो । तर आवश्यक तयारी नपुगेको र संघीय संसदको बैठक संघारमा आएकोले संसदीय दलको विधान परिमार्जन गरी निर्वाचन समेत गर्नु पर्ने अवस्था भएकोले पूर्व निर्धारित कार्यसम्पादन समितिको बेठक स्थगित गरेर संसदीय दलको बैठक बोलाइएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बस्ने जानकारी दिए।
बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने र त्यसपछि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने उनले बताए।
एकै दिन कांग्रेसका तीन विज्ञप्ति
फागुन ९, २०७४
प्रेस विज्ञप्ति
प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुको बैठक निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सबै सांसदहरुलाई उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत निर्देशानुसार अनुरोध गरिन्छ ।
मिति :२०७४ फागुन १२ गते
समय : विहान ९ः०० बजे
स्थान : नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरवार ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
फागुन ९, २०७४
केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको सम्बन्धमा
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भोलि २०७४ फागुन १० गते बिहीबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
फागुन ९, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७४ फागुन १० गते बिहीबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव