Prakash Adhikari July 18, 2021

काठमाडौं, ३ साउन । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिनको बैठक सुरु हुन लाग्दा नेकपा (एमाले)का उपाध्यक्ष रहनुभएका सांसद भीम रावलले “जनविरोधी गतिविधिको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर रहेको” बताउँदै सांसद पदबाट राजीनामा दिएको बताउनुभएको छ।

उहाँले संसद् भवनमा भएका पछिल्ला राजनीतिक गतिविधिहरूलाई दूषित खेल भन्दै आफूले त्यस्तो निर्णय लिएको बताउनुभएको छ ।

May be an image of text

एमाले एकताका लागि बनाइएको एमालेको कार्यदलमा माधव नेपाल समूहको नेतृत्व गर्नुभएका नेता रावलको सो निर्णयले प्रतिनिधिसभाका दुई असंवैधानिक विघटन र सर्वोच्च अदालतबाट भएका संवैधानिक पुनस्थापनले नेकपा एमालेमा चिरा पर्न सक्ने संंकेत दिएको छ ।

उता आइतवार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नु भएका एमाले प्रवक्ता प्रदीप ज्ञवालीसंग आफूले एक्लै भए पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्ने विचार व्यक्त गर्नुभएको पत्रकारहरूलाई बताउनुभएको छ ।

प्रवक्ता ज्ञवालीले जनमतबाट नभइ फरक विधिबाट आएको सरकार भएकाले देउवालाई एमालेले समर्थन नगर्ने बताउनुभयो।

देउवालाई मत नदिने यसअघिकै पार्टी निर्णयलाई नेता नेपालले अस्वीकार गरेपछि प्रवक्ता ज्ञवालीले भन्नुभयो, “आजको बैठकपछि उहाँ बेग्लै कोर्समा हिँड्न खोजेको देखियो।”

देउवा
शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्री बन्नुभयो

यसअघि देउवाको पक्षमा उभिएका नेपाल पक्षका नेताहरू को कता उभिनुहुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

तर नेपाल पक्षकै एक जना सांसद रामकुमारी झाँक्रीले फेसबुकमार्फत् आफूहरूले पक्षमा मत हाल्नुपर्ने बताउनुभएको छ।

“सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ “, उहाँले लेख्नुभएको छ,”यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ।”


Ramkumari Jhakri

हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।


” १ सय ५० सांसद् कट्छ”
सत्तारूढ गठबन्धनको अर्को ठूलो साझेदार रहेको नेकपा (माओवादी केन्द्र)ले समेत संसदीय दलको बैठकमार्फत् देउवालाई मत दिने निर्णय गरेको छ।

बैठकपछि पत्रकारहरूसँग बोलेका उक्त दलका सांसद मातृका यादवले देउवाको पक्षमा मत दिनेको सङ्ख्या १ सय ५० कट्ने आफूहरूले ठानेको बताउनुभयो।

माधव नेपाल पक्षबाट स्पष्ट कुरा आएपछि बल्ल भागबन्डा सहितको सत्ता साझेदारीको कुरा हुने उहाँले बताउनुभयो।

सांसद यादवको भनाइ छ, “पहिले विश्वासको मत लिएपछि छलफल गर्छौँ। त्यसमा कुनै विवाद हुन्छ जस्तो हामीलाई लाग्दैन।”

देउवालाई समर्थन गर्नेमा जसपाको उपेन्द्र यादव खेमाका १२ सांसदहरू हुनुहुन्थ्यो। तर हालै ओलीको पक्षमा उभिएका महन्थ ठाकुर खेमाका केही सांसदहरू समेत यादवको पक्षमा आएको विवरण सार्वजनिक भएका छन्।

राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेल समेत देउवाको गठबन्धनमा रहनुभएको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.