Prakash Adhikari July 18, 2021

काठमाडौं, ३ साउन । नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७ लाख १६ हजार ४९ पुगेको छ ।

थप ६  हजार ६ सय २८ को पीसीआर परीक्षण तथा ३ हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १ हजार २ सय २३ तथा एन्टिजेनबाट ५ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय  ६७ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ३ सय ३४ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ३ सय ३४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा २ सय ३४, ललितपुरमा ६४ तथा भक्तपुरमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप २३ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।

Share Now

Leave a comment.